रवि लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन सर्वोच्चको आदेश

रवि लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन सर्वोच्चको आदेश

images
आइतवार, माघ १२ २०८२
  • काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ ।

    आइतबार न्यायाधीश डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

    ‘यसमा महान्यायाधिवक्ता समेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपश्चात् थप प्रमाण फेला परेकाले अभियोगपत्रमा संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनुभएकाले उक्त अभियोगपत्रमा संशोधन सम्बन्धमा फेला परेका थप संकलन प्रमाण कागजात महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमअनुसार अन्तरिम आदेश छलफलका लागि पेस गर्नुहोला’ आदेशमा भनिएको छ । 

    यसअघि ६ माघमा न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्दा महान्यायाधिवक्ता कार्यालयले संशोधन गरेको गत ३० पुसको निर्णयको सक्कलप्रति झिकाउने आदेश गरेको थियो । 

    महान्यायाधिवक्ता कार्यालयले लामिछानेसँगै सहकारी ठगी प्रकरणमा दायर भएका अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्दा संशोधन गरेर फिर्ता लिएको थियो । उक्त निर्णयको नेपाल बार एसोसिएसन, विभिन्न मानव अधिकारवादी संघसंस्था र नागरिक समाजले विरोध गरेका छन्। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend