सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

images
आइतवार, माघ १२ २०८२
  • सुदूरपश्चिम । राष्ट्रियसभा निर्वाचन सदस्यमा सुदूरपश्चिमबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा (एमाले) की लिलाकुमारी भण्डारी विजयी भएका छन्। 

    प्रदेश निर्वाचन कार्यालयका अनुसार अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन्। 

    कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गरे । 
       
    यस्तै महिलातर्फ विजयी एमालेकी भण्डारीले तीन हजार ९८४ मतभार पाइन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मतभार प्राप्त गरिन् । 

    धनगढीमा आज सम्पन्न निर्वाचनमा कुल २२४ मतदाता रहेकामा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी २२० जनाले मतदान गरेका थिए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend