मोरङ । राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।
आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका तर्फबाट महिलातर्फ एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गरेकी हुन् । मेचेले सात हजार १७३ मतभार प्राप्त गरिन् भने न्यौपानेले दुई हजार २६८ मतभार ल्याइन् ।
यस्तै दलिततर्फ नेकपा (एमाले) का पोर्तेल निर्वाचित भएका हुन् । उनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का खेम सुन्दासलाई पराजित गरे । पोर्तेलले सात हजार ४२३ मतभार प्राप्त गरे भने सुन्दासले दुई हजार २७ मतभार ल्याए ।
कोशी प्रदेशमा राष्ट्रिय सभाका तीन सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।
.jpg)
