काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीकाे रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अदालतको आदेशसँगै चौधरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नमिल्ने भएको छ । अदालतले उक्त विवादमा सुनुवाइका लागि यही माघ १५ गतेलाई बोलाएको छ ।
आफ्नाे उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध चाैधरी माघ ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
.jpg)
