काठमाडौं । एकै चुनाव क्षेत्रमा निर्वाचन भिड्न लागेका चुनावपछि प्रधानमन्त्रीका दुई प्रस्तावित उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहबीच सामाजिक सञ्जालमै आरोप प्रत्यारोप सुरु भएको छ ।
प्रमुख दलहरु एमाले, रास्वपा, कांग्रेस लगायत दलले चुनावमा जाँदा नै पार्टीका तर्फबाट आगामी प्रधानमन्त्रीका उम्मेदवार औपचारिक घोषणा गरेपछि प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारका बीचमा सार्वजनिक बहस (पब्लिक डिबेट) को चर्चा भईरहेका बेला बालेन र ओलीका बीचमा आरोप प्रत्यारोप सुरु भएको हो ।
ओलीले आफु ‘पब्लिक डिबेट’ का लागि तयार भएको र एजेण्डा र खाकासहित बहसमा सहभागी हुन तयार रहेको बताएपछि बालेनले भने ओलीसँगको बहस अश्वीकार गरेका छन् ।
एमाले अध्यक्ष ओलीले शनिबार पार्टी कार्यालयमा पत्रकारसँगको कुराकानीमा र आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच आगामी चुनावमा प्रतिस्पर्धा भइरहेको भन्दै देश बनाउनेको तर्फबाट आफू पारदर्शी बहसका लागि तयार रहेको बताएका थिए ।
ओली नै तयार भएपछि अब त्यस्तो बहसका लागि बल बालेन शाह र गगन थापाको कोटतिर फर्केको बेला बालेनले ओलीसँग बहस अश्वीकार गरेका हुन् । बालेनले जनेजी विद्रोहका बेला ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा नउभिने टिप्पणी गरेका छन् । ओलीले सार्वजनिब बहसमा बस्न तयार रहेको स्टाट्स सामाजिक सन्जालमा हालेसँगै बालनेले त्यसैमा कमेन्ट गरेर बहस अश्वीकार गरेका हुन् ।
ओलीको प्रस्ताव

पब्लिक डिबेटको लागि तयार छौं
नयाँरपुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ।
यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।
बालेनको जवाफः

आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो !
आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो रु त्योपछि अरू कुरा गरौँला !
७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।
.jpg)
