राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत, नाफा १ अर्ब ७५ करोड

राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत, नाफा १ अर्ब ७५ करोड

images
शनिवार, माघ ११ २०८२
  • काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको छ । अपरिस्कृत विवरणअनुसार बैंकको नाफा रु एक अर्ब ७५ करोड छ ।

    बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए । 

    “हाल पुँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक सङ्केत देखिएका छन्, यसले अर्थतन्त्रमा आशाको सञ्चार गरेको छ”, उनले भने।

    बैंकले निक्षेपतर्फ ४७ लाख ४३ हजार र कर्जातर्फ दुई लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । 

    चुक्ता पुँजी रु १५ अर्ब ६३ करोड भएको बैंकले चालु आवका छ महिनामा कुल निक्षेप रु पाँच खर्ब ५३ अर्ब सङ्कलन तथा रु १९ अर्ब बराबरको कर्जा प्रवाह गरेको जनाइएको छ ।  

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend