काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने गरी पूर्व पुगेका रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन् । एमाले अध्यक्ष केपी ओली काठमाडौं फर्किएकै दिन बालेन पनि काठमाडौं फर्किएका हुन् ।
ओली आजै काठमाडौं फर्केर पार्टी कार्यालय पुगेर शेयर कारोबारी दीपेन्द्र अग्रवालसहितलाई पार्टी प्रवेश गराएका थिए । ओलीले आफुलाई विमानस्थलमा सुन तस्करलाई जस्तै चेकिङ गरेर वर्तमान सरकारले अराजनीतिक काम गरेको भन्दै आक्रोश पोखेका थिए । ओलीसँगै झापा ५ मा चुनाव लड्ने गरी उम्मेदवारी दिन गएका बालेन भने झापामा उम्मेदवारी दर्तापछि पूर्वको इलाम, संखुवासभा, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका विभिन्न क्षेत्रमा पुगेर समर्थकलाई भेट गरेर शनिबार बिहान धनकुटा सदरमुकाम पुगेका थिए । धनकुटामा केहीबेर समर्थकसँग भेट गरेर उनी इटहरी हुँदै काठमाडौं फर्किएका हुन् ।
रास्वपाले बालेनलाई चुनावपछि भावी प्रधानमन्त्रीको रुपमा अगाडी सारेको छ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट ४ माघमा राजीनामा दिएर उनी जनकपुर पुगेका थिए । ५ माघमा जनकपुरमा रास्वपा सभापति रवि सँगै बालेनले जनकपुरको चुनावी सभालाई सम्बोधन गरेर झापाको दमक पुगेका थिए ।
उनी शनिबार अपरान्ह इटहरी पुगेका थिए । त्यहाँबाट विमानमा उनी काठमाडौं फर्किएका हुन् ।
.jpg)
