एमाले, नेकपा र राप्रपाका समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

एमाले, नेकपा र राप्रपाका समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

images
शनिवार, माघ ११ २०८२
  • काठमाडौं । आगामी फागुन २१ को प्रतिनिधिसभाको निर्वाच्नमा समानुपातिक तर्फका तीन जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरी नेकपा एमालेका एक, नेपाली कम्युनिष्ट पार्टीका एक र राप्रपाका एक उम्मेदवारका विरुद्धमा परेको छ । 

    उजुरी पर्नेमा एमालेका चन्द्रेश्वर मण्डल, नेपाली कम्युनिष्ट पार्टीका जीवन लामा र राप्रपाका कुमारबहादुर थापा छन् । 
    एमालेका मण्डल आदिवासी जनजातीतर्फको व्यक्ति भएको तर एमालेले उनलाई मधेसी क्लस्टर सूचीमा राखेको भन्दै उनलाई मधेसी क्लष्टरमा राख्न नमिल्ने भन्दै उजुरी परेको छ । 
    त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीमा रहेका लामालाई समानुपातिक तर्फको उम्मेदवारको सूचीमा अपांगता भएको व्यक्तिको सूचीमा नाम राखिएको तर उनी अपंगता नभएको भन्दै उजुरी परेको छ । उनी सवालंग भएपनि अपांगताको सूचीमा राखेको आरोपसहित उजुरी छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (रप्रपा) का तर्फबट समानुपातिक उम्मेदवार कुमार बहादुर थापाविरुद्ध पनि उजुरी परेको छ । उनीमाथी उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रुपमा बेचखिन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर बिचाराधीन रहेको र विचराधिन ब्यक्तिलाई उम्मेदवार सूचीमा राख्न नमिल्ने भन्दै उजुरी परेको छ । 

    अब के हुन्छ ?
    समानुपातिक तर्फका तीन उम्मेदवारका विरुद्ध उजुरी परेपछि अब उनीहरुको उम्मेदवारी के हुनछ ? भन्ने चासो छ ।  निर्वाचन आयोगले आयोगमा प्राप्त उजुरीउपर निर्वाचन आयोगले अध्ययन गरेर निर्णय लिने जनाएको छ । 
    आयोगले दलहरुबाट प्रँप्त उम्मेदवार सूचीको नाम सार्वजनिक गरेको छ । त्यसउपर उजुरी दिन आग्रह गरेअनुसार तीन उम्मेदवारको नाममा उजुरी परेको हो । यसमा आयोगले अध्ययन गरेर छानबिन गरेपछि निर्णय लिने जनाएको छ । 
    आयोगले माघ २० गते सवै उजुरीको निरुपण गरेर समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ। 
    राजनीतिक दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend