विमानस्थलमा सुन तस्करलाई जस्तो चेकिङ गरेर मलाई हैरान पारियो : ओली

विमानस्थलमा सुन तस्करलाई जस्तो चेकिङ गरेर मलाई हैरान पारियो : ओली

images
शनिवार, माघ ११ २०८२
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति आक्रोश पोखेका छन् । आफुलाई विमानस्थलमा सुन तस्करलाई जस्तो चेकिङ गरेर अराजनीतिक र असम्भय ब्यवहार गरेको भन्दै आक्रोश पोखेका हुन् । 

    निर्वाचनमा केन्द्रीत हुनुपर्ने बे्ला आफुलाई सरकारले गरेको ब्यवहारले अझै आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने भन्न नसकिएको बताएका हुन् । 

    गृहजिल्ला झापाबाट काठमाडौं फर्केर आजै पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारमाथी आक्रोश पोखेका हुन् । 

    उनले आफूमाथि सरकारले अपमान गरेको आरोप लगाए ।

    झापाबाट फर्कंदा विमानस्थलमा सुन तस्कर को जस्तो ब्यवहार प्रर्दशन गरेको भन्दै ओलीले सरकारप्रति आक्रोश पोखेका हुन् । 'विदेश जाँदा पनि चिनेका ठाउँमा त्यस्तो गर्दैन । तर हिजो एयरपोर्टमा त्यसरी हेपियो । किन भन्दा माथिबाट आदेश आएको छ रे' उनले भने, 'यो सरकार हामीलाई दुस्ख दिने कामतिर लागिरहेको छ । यो सरकार अराजनीतिक र असभ्य छ ।' ओलीले भने । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend