यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

images
शुक्रवार, माघ १० २०८२
  • काठमाडौँ । सरकारले सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश आर्यालले उक्त जानकारी दिएका हुन् । 

    मन्त्रिपरिषद् बैठकले तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रुट)बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिएको छ ।

    बैठकले भारतको नयाँ दिल्लीमा यही माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने ‘फष्ट साउथ एसियन एग्रोफरेष्ट्री एन्ड ट्रिज आउटसाइड फोरकास्ट कन्फ्रेन्स’ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

    यी हुन् बैठकका निर्णय :

    s-17691637452026-01-23-04-21-00.png

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend