पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

images
शुक्रवार, माघ १० २०८२
  • गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । 

    आगामी फागनु २१ गतेको निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका भट्टराईले आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत उम्मेदवारी फिर्ता लिएका हुन् ।  उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिएका थिए । 

    भट्टराईले गोरखा-२ मा उम्मेदवारी दिएका युवा र गोरखाका जनताको सुझाव सल्लाहका आधारमा उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको बताएका छन् । 

    गोरखाका युवा, नागरिक अगुवा तथा बुद्धिजिवीले एउटा दलमा समिति हुनुभन्दा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको उनले बताएका छन्। ‘संघीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहनुभन्दा बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक अभिभावकीय भूमिका निर्वाह गर्न उपयुक्त हुने सबैले सुझाव सल्लाह दिएका छन्,’ सामाजिक सञ्जालमा लाइभ गर्दै डा. भट्टराईले भने। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend