काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेर तीन लाख एक हजार ४०० पुगेकाे छ । याे मूल्य अहिलेसम्मकै उच्च हाे ।
हिजाे बिहिबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९२ हजार २०० कायम थियाे । त्यसअघि बुधबार सुनको मूल्य रु दुई लाख ९५ हजार १०० थियाे भने दुई लाख ८४ हजार ७०० मा किनबेच भएकाे थियाे ।
महासंघका अनुसार आज चाँदीको मोल रु छ हजार १९० कायम भएको छ । हिजाे बिहिबार चाँदीको पाँच हजार ८७० मा काराेबार भएकाे थियाे ।
.jpg)
