काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यसमेत रहेका पौडेलले बिहिबार आज पदबाट राजीनामा दिएका हुन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पौडेलल मुख्यसचिव पदबाट राजीनामा दिएको बताइएको छ ।
गगन थापाको सभापतित्वमा माघ १ गते नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको थियो । उक्त कार्यसमितिको बैठक पहिलो पटक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
.jpg)
