काठमाडौँ । कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टी नेपालबाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ ।
उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेकाे हाे ।
२०८० जेठ २ मा सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । त्यसकाे केहि दिनमै गणतन्त्र दिवसको अवसरमा उनी आममाफी पाएर रिहा भएका थिए ।
निर्वाचन अधिकृतको कार्यलयले भनेको छ, 'राष्ट्रपतिबाट सजाय माफी भएको कारणले मात्रै अदालतको फैसला बदर नहुने भएकाले उम्मेदवारी खारेजीको निर्णय गरिएको छ ।'
.jpg)
