गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस

images
बिहिवार, माघ ९ २०८२
  • काठमाडाैं । नेपाली कांग्रेसले सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। 

    विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागेको हो।  बैठक भोलि १ बजे बस्ने तय भएकाे छ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि सभापति थापाले वारेसमार्फत सर्लाही-४ मा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसका मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको टोलीले सर्लाही-४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर माघ ६ मा उम्मेदवारी दर्ता गराएको थियो। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend