उम्मदेवारहरुको नामावली आज प्रकाशन हुँदै, भोलि निर्वाचन चिह्न दिइने

उम्मदेवारहरुको नामावली आज प्रकाशन हुँदै, भोलि निर्वाचन चिह्न दिइने

images
बिहिवार, माघ ९ २०८२
  • काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ । 

    निर्वाचन आयोगले मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । 
     
    आयोगका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । यस्तै माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । 
     
    माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयाेगले जनाएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend