महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

images
बिहिवार, माघ ९ २०८२
  • काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । 

    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको हो । जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनमा समेटियो । 

    नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन जोडिन् । त्यस्तै सीता राना मगरले अविजित २७ रनको योगदान गरिन् भने बिन्दु रावलले १८ रन बनाइन् ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा पाँच विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो । 

    आजको हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल यसअघि पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

    समूह बी मा रहेको नेदरल्याण्ड्सले भने तीन खेलबाट छ अंक जोडेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend