आकासियाे सुनकाे भाउ, आर्थिक विश्लेषक के भन्छन् ?

आकासियाे सुनकाे भाउ, आर्थिक विश्लेषक के भन्छन् ?

images
बुधवार, माघ ८ २०८२
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले लगातार कीर्तिमान बनाइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे मंगलबारको तुलनामा आज तोलामा १० हजार ४०० ले बढेर सुन दुई लाख ९५ हजार १०० पुगेकाे छ । 

    मंगलबार एक तोला छापावाल सुनको मूल्य  रु दुई लाख ८४ हजार ७०० कायम थियाे । यसैगरी गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० किनबेच भएकाे सुन सोमबार दुई लाख ८२ हजार पुगेकाे थियाे ।

    महासंघका अनुसार आज चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ । यसअघि मंगलबार चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । 

    गत आइतबार चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो भने सोमबार पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो । 

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    यसरी सुन र चाँदीकाे भाउ लागातार बढ्नुका विभिन्न कारण रहेकाे आर्थिक विश्लेषकहरू बताउँछन् । विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको उनीहरुकाे भनाइ छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend