एमालेले दुई पार्टीसँग गर्‍यो चुनावी गठबन्धन

एमालेले दुई पार्टीसँग गर्‍यो चुनावी गठबन्धन

शंकर पोखरेल जिताउन एमालेको विप्लवसँग गठबन्धन, परिवार दलसँग अलग्गै गठबन्धन, राप्रपासँग छलफल जारी

images
मंगलवार, माघ ७ २०८२
  • काठमाडौं । कांग्रेससँग गठबन्धन गर्ने सुरसार कसेर बसेको नेकपा एमालेलाई कांग्रेसमा गगन थापाहरुको उदयले धक्का लागेपनि अन्ततः उसले आगामी चुनावमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)सँग औपचारिक गठबनधन गरेको छ ।
    एमालेले पार्टी अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरुलाई आगामी फागुन २१ को चुनाव जसरी पनि जिताउनका लागि स्थानीय स्तरमा फरक फरक गठबन्धन गरेर जाने नीति अख्तियार गरेको छ । सोही अनुसार पार्टी महासचिव शंकर पोखरेललाई जिताउन नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)सँग गठबन्धन एमालेले गरेको छ । 

    कर्णालीको कालिकोट जिल्लामा विप्लव माओवादीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कहादुर विश्वकर्मालाई एमालेले सहयोग गर्ने र लुम्बिनी प्रदेशको दाङ २ मा एमाले महासचिव शंकर पोखरेललाई विप्लव माओवादीले सहयोग गर्ने गरी चुनावी गठबन्धन बनेको हो । 

    विप्लव र शंकर पोखरेलका बीचमा यो सहमति भएको विप्लव माओवादीका नेता सविन सीले जानकारी दिए ।  उनीहरुका बीचमा दुई बुँदे सहमति भएको छ । समानुपातिक तर्फ आ आआफनो पार्टीलाई मत माग्ने तर दाङ २ मा शंकर पोखरेलका लागि सूर्य चुनाव चिन्ह्रमा मत माग्ने तथा कालिकोटमा प्रकाण्डका लागि गुलावको फूल चुनाव चिन्ह्रमा मत माग्ने सहमति बनेको छ । 
    ‘नेकपा एमालेसँग हाम्रो पार्टीको दुई वटा निर्वाचन क्षेत्रमा गठबन्धन गर्ने सहमति भएको छ, कालिकोटमा एमालेले हाम्रो उम्मेदवार (विप्लव माओवादी)लाई सहयोग गर्ने र दाङ २ मा हामीले एमाले महासचिव शंकर पोखरेललाई जिताउन सहयोग गर्ने गरी सहमति भएको छ,’ सविन सीले भने, ‘यो सहमति विप्लव र शंकर पोखरेलका बीचमा भएको हो । त्यही अनुसार उम्मेदवार मिलाइएको छ ।’
    दाङ २ मा एमालेले पार्टी महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाएको छ भने कालिकोटमा विप्लव माओवादीले प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । 
    विप्लव आफैं भने रोल्पाबाट चुनाव उठ्ने भनेपनि अन्तिम समयमा चुनावबाट पछि हटेका थिए । 

    दाङ २ मा पोखरेल गत चुनावमा तत्कालिन माओवादी (हाल नेकपा)की नेतृ रेखा शर्मासँग पराजित भएकी थिइन् । प्रकाण्ड भने कालिकोटमा पहलिो संविधानसभा चुनावमा विजयी भएपनि त्यसयता चुनवा बहिष्कार अभियानमा थिए । 
    यसपटक भने उनको पार्टी चुनावमा आएपछि उनी फेरि कालिकोटमा उम्मेदवार बनेका हुन् । 

    एमाले अध्यक्ष केपी ओलीले आफनो निर्वाचन क्षेत्रका लागि पनि राप्रपासँग पनि एकता प्रयास गरिरहेका छन् । झापा ३, धादिङ २ लगायत निर्वाचन क्षेत्रमा एमालेले राप्रपालाई सहयोगगरेर झापा ५ मा आफुलाई राप्रपाले सहयोग गरोस् भन्ने गरी एमालेले राप्रपासँग सम्वाद थालिरहेको छ । 
    यस अगाडी नै एमालेले एकनाथ ढकालको पार्टी परिवार दलसाग पनि गठबन्धन गरिसकेको छ । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend