बालेनले लिए झापा-५ को टिकट, ओलीसँग भिड्ने निश्चित

बालेनले लिए झापा-५ को टिकट, ओलीसँग भिड्ने निश्चित

images
सोमवार, माघ ६ २०८२
  • काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले झापा-५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् ।

    उनलाई पार्टी सभापति रवि लामिछानेले सोमबार जनकपुरमा आयोजित सभामा उम्मेदवारको टिकट हस्तान्तरण गरे । 

    याेसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग साहबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । झापा ५ बाट ओली लगातार विजयी हुँदै आएका छन् । 

    काठमाडौं महानगरपालिकाको मेयरबाट हिजो राजीनामा दिएका बालेन चुनावी मैदानमा उत्रिएका हुन् । जनकपुरमा आज उनले रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गरेका थिए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend