काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । मन्त्री खरेलले साेमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् ।
आफ्नो राजीनामा पत्रमा उनले वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान जानुअघि पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गरेका छन् ।
स्राेतका अनुसार खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछन् । उनी ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
यसअघि कार्की सरकारमा सहभागी बब्लु गुप्ता र कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिएका थिए।
.jpg)
