काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा चुनावमा पार्टीबाट टिकट पाएनन । अध्यक्ष ओलीले उनलाई उम्मेदवारको टिकट नदिएका हुन् ।
एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थेबे राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन् । ताप्लेजुङबाट योगेशले चुनाव जित्दै आएका थिए ।
भट्टराईले टिकट वितरणमा असहमति जनाउँदै पार्टी कार्यालयमा नोट अफ डिसेन्ट नै लेखेका छन् ।
शनिबार बेलुकीसम्म बसेको सचिवालय बैठकमा ओलीले योगेशले अब त्यहाँ चुनाव जित्न नसक्ने भन्दै पार्टीले जित्ने उम्मेदवार मात्र छान्नुपर्ने बताएका थिए । त्यसपछि सचिवालय बैठकमा केहीबेर नेताहरुका बीचमा पक्ष विपक्ष भई बाझाबाझ समेत भएको थियो । योगेशलाई टिकट नदिने ओलीले बताएपछि उपाध्यक्ष गोकर्ण विष्टले सुरुमा असहमति जनाएका थिए । योगेश ओली इतर खेमाबाट उपमहासचिव चुनाव जितेका थिए । ओली टिमका विष्णु रिमाल हराएर उनले पार्टी महाधिवेशनमा जितेका थिए ।
विष्णु रिमाललाई हराएको झोकमा ओलीले त्यसैको रिस फेरेको एमालेमा चर्चा छ ।
इतर पक्षलाई ओली पक्षले पेलेर टिकटमा पाखा लगाएको आरोप लागेपछि बिनोद ढकाललाई भने उम्मेदवारी दिएको छ ।
.jpg)
