काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएका बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेताको पदबहाली गरेका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन लागेका शाहले आइतबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर औचारिक रूपमा पदबहाली गरेका हुन् ।
शाहले आजै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेललाई राजीनामा बुझाएका थिए ।
सोमबार जनकपुरमा आयोजना हुन लागेको रास्वपाको सभामा सहभागी हुन आजै शाह त्यसतर्फ गएका छन् ।
.jpg)
