काठमाडौँ । राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका हुन् ।
उनीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् । नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् ।
उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।
.jpg)
