एमालेमा चुनावी टिकट

आफ्नालाई सुरक्षित क्षेत्रतिर ‘शरण’, इतर समूहलाई ‘पाखा’

आफ्नालाई सुरक्षित क्षेत्रतिर ‘शरण’, इतर समूहलाई ‘पाखा’

चर्कियो उम्मेदवारी छनौटमा असन्तुष्टि, योगेशको तीन बुँदे ‘नोट अफ डिसेन्ट’

images
आइतवार, माघ ५ २०८२
  • काठमाडौं । नेकपा एमालेमा टिकट वितरणमा चर्काे असन्तुष्टि देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफु पक्षका नेताहरुको सुरक्षित निर्वाचन क्षेत्र र इतर समुहका नेताहरुलाई टिकट दिनै रोक लगाउने नीति बनाएपछि पार्टीभित्रै चर्काे असन्तुष्टि देखिएको हो । 


    आफु निकट नेताहरुलाई जसरी भएपनि सुरक्षित गर्ने योजना अनुसार अध्यक्ष ओलीले टिकट वितरणमा एकलौटी गरेका छन् । उपाध्यक्ष विष्णु पौडेललाई नै पाल्पा, भानुभक्त ढकाललाई तेहथुम सार्ने देखि महासचिव शंकर पोखरेलका लागि दाङका १ र २ निर्वाचन क्षेत्रमध्ये एकमा दिने गरी दुवै क्षेत्र तथा सचिव राजन भट्टराईका लागि काठमाडौं ४ र ५ मध्ये एक क्षेत्र दिने गरी दुबै क्षेत्र होल्ड गरेर अध्यक्ष ओलीले महासचिवसँग परामर्शमा टुंग्गो लगाउने गरी पार्टीमा निर्णय गराएका छन् । 


    तर ओलीसँग पार्टीको एघारौं महाधिवेशनमा प्रतिस्पर्धा गरेका इतर समुहका नेता इश्वर पोखरेल, सुरेन्द्र पाण्डेहरुले टिकट पाएका छैनन । इतर समुहका नेता गोकर्ण विष्ट बाहेक कसैलाई पनि टिकट दिइएको छैन । उपमहासचिव योगेश भट्टराईले दुई दुई पटक चुनाव जितेको ताप्लेजुङमा चुनाव नजित्ने भन्दै ओलीले उनलाई समेत टिकट नदिने बताएपछि एमाले सचिवालय बैठकमै नेताहरुका बीचमा बाझाबाझ नै भएको छ । 


    एमाले नेतृत्वको मूल्यांकनमा शहरी निर्वाचन क्षेत्रहरू असुरक्षित देखिएका छन् । काठमाडौं उपत्यका, मोरङ, सुनसरी, चितवनजस्ता क्षेत्रमा मतदाताको झुकाव परिवर्तन भएको निष्कर्ष निकाल्दै ओलीले आफ्ना विश्वासपात्र नेताहरूलाई परम्परागत बलियो किल्लातर्फ सारेका छन् ।
    उपाध्यक्ष विष्णु पौडेल लामो समयदेखि रुपन्देही–२ बाट निर्वाचित हुँदै आएका नेता हुन् । तर यसपटक एमालेले उनलाई पहिलो पटक चुनाव जितेको क्षेत्र पाल्पा–२ बाट उम्मेदवार बनाएको छ । पाल्पा–२ एमालेका लागि सुरक्षित क्षेत्र मानिन्छ । यसअघि यही क्षेत्रबाट निर्वाचित ठाकुर गैरेलाई हटाएर पौडेललाई सारिएको निर्णयले पार्टीभित्रै प्रश्न उठाएको छ ।


    सोही निर्णयलाई लिएर एमालेभित्रै सामाजिक सञ्जालमा “ठाकुर गैरेको पाप लाग्ला है विष्णु कमरेड” भन्ने टिप्पणीहरू देखिन थालेका छन् ।
    यस्तै, मोरङ–३ बाट चुनाव लड्दै आएका एमाले सचिव भानुभक्त ढकाल यसपटक तेह्रथुम सरेका छन् । मोरङ–३ मा असुरक्षित देखिएपछि उनलाई पहाडी क्षेत्रमा पठाइएको हो ।
    अध्यक्ष ओली स्वयं भने पुरानै निर्वाचन क्षेत्र झापा–५ बाटै चुनाव लड्ने भएका छन् ।


    आफना नेताहरुलाई जित्न सक्ने सम्भावित क्षेत्रमा सारेका ओलीले आफु र आफनो टिमसँग गत पार्टी महाधिवेशनमा प्रतिस्पर्धा गरेका नेताहरु सबैजसोलाई राजनीतिक कत्लेआम नै गर्नेगरी पाखा लगाएका छन् । उनीसँगै अध्यक्षमा प्रतिस्पर्धा गरेका इश्वर पोखरेल, महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डेहरु कोही कसैलाई पनि उम्मेदवारको टिकट दिइएको छैन । 


    महासचिव शंकर पोखरेल र सचिव राजन भट्टराईका लागि भने अझै पार्टीभित्रको आन्तरिक मूल्यांकन र स्वयम नेताहरुको रुचीका क्षेत्रमा टिकट दिने योजना ओलीले बनाएका छन् । महासचिव शंकर पोखरेल यस अगाडी दाङ २ र सचिव भट्टराई काठमाडौं ४ मा पटक पटक चुनावमा पराजित भएपछि उनीहरुका लागि सोही क्षेत्र उपयुक्त हुने या फेर्ने भन्ने आन्तरिक मूल्याकन गरेर टिकट दिने रणनीति ओलीले बनाएका छन् । त्यसका लागि राजन भटटराईलाई काठमाडौं ४ वा ५ मध्ये एक क्षेत्र र शंकर पोखरेललाई दाड १ वा २ मध्ये एक क्षेत्र दिने गरी निर्वाचन क्षेत्र नै होल्डसम्म गरेर ओलीले राखेका छन् । 

    ईश्वर पोखरेलको प्यानलबाट सचिवका उम्मेदवार बनेका विनोद ढकाल, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, इन्द्रलाल सापकोटाहरू कसैले पनि टिकट पाएनन् । यी मध्ये काभ्रे–२ गोकुल र पाल्पा–२ बाट ठाकुर गैरेले २०७९ को चुनाव जितेका थिए ।
    तर रुपन्देही–२ बाट चुनाव लड्दै आएका उपाध्यक्ष पौडेललाई पाल्पा–२ को टिकट दिएर ठाकुरलाई पन्छाएको छ । यो निर्णय गर्दा केही पदाधिकारीहरुले आपत्ति जनाएका थिए । ‘पार्टीका उपाध्यक्ष भागेको सन्देश जानेगरी यस्तो निर्णय नगरौं, यसले ठाकुर गैरेलाई पनि अन्याय हुन्छ,’ ती पदाधिकारीहरुको तर्क थियो ।
    इतर समूहका नेताहरुलाई टिकट नदिने क्रममा मोरङको तीन वटा क्षेत्रबाट सिफारिस भएका विनोद ढकालबारे पनि निर्णय गरिएन । ढकालको नाम मोरङ–१, ४ र ६ बाट सिफारिस भएको थियो ।
    पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलाई टिकट नै दिइएन । चितवन–१ बाट चुनाव लड्दै आएका पाण्डेको नाम समेत सिफारिस गरिएको थिएन ।

    सिफारिस भएर पनि इतर समूहमा लागेकै कारणले टिकट नपाउने नेताहरुको संख्या ठूलो छ । झापा–४ बाट एलपी सावा, इलाम–२ बाट महेश बस्नेत, ओखलढुंगाबाट अमिरबाबु गुरुङ, सुनसरी–१ बाट जय राई, बारा–२, बाट पुरुषोत्तम पौडेल, काठमाडौं–३ बाट कृष्ण राई, काठमाडौं–९ बाट कृष्णगोपाल श्रेष्ठ, सिन्धुली–१ बाट गणेश पहाडी, रामेछामबाट रत्न गौतम, कास्कीबाट मनबहादुर गुरुङले टिकट नपाउनुमा फरक कित्तामा लाग्नु रहेको नेताहरु बताउँछन् ।
    यस्तै म्याग्दीबाट बालकृष्ण सुवेदी, कैलाली–२ बाट झपड रावल, कञ्चपुर–१ बाट तारा लामा, बाजुराबाट कर्ण थापाले टिकट नपाउनुपर्ने बलियो कारण नरहेको उनीहरु बताउँछन् । कतिसम्म भने बारा–२ बाट उम्मेदवारको नाम सिफारिस हुँदा जम्मा ४ मत पाएका ज्वाला साहलाई टिकट दिएर अत्यानन्द पाण्डेलाई पन्छाइएको छ ।

    नेकपा एमाले सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले नोट अफ डिसेन्ट ९असहमति० राखेका छन्। उम्मेदवार छनोटमा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै उनले तीन बुँदे लिखित असहमति राख्ने बताएका हुन्।
    ‘उहाँले बैठकको अन्तिममा मेरो नोट अफ डिसेन्ट छ भन्नुभएको छ, उम्मेदवार छनोटमा एकलौटी भयो। महाधिवेशनमा आफूहरूसँग प्रतिस्पर्धा गरेको नजरबाट हेरियो र काखापाखा गरियो,’ एक सदस्यले भने।
    सचिवालय बैठकले ताप्लेजुङमा उम्मेदवार खाली राखेको छ। टुंयाउने अधिकार अध्यक्ष ओलीले आफै लिएका छन्। 
    ओलीले समग्र पार्टी भन्दा पनि आफु निकटका नेताहरुको मात्रै सुरक्षालाई टिकट वितरणमा बढी ध्यान दिएको देखिएको एमाले नेताहरुको मत छ । तर त्यो रणनीतिले एमालेभित्र विश्वास र समावेशिताको संकट पनि गहिरिँदै गएको संकेत देखिन्छ । जितेका सांसदलाई समेत पन्छाउने, असहमतिको स्वरलाई किनारामा राख्ने र नेतृत्वलाई मात्र सुरक्षित बनाउने शैलीले दीर्घकालमा पार्टीलाई कता लैजान्छ भन्ने प्रश्न उब्जिएको एमाले नेताहरु बताउँछन् । एक एमाले नेताले भने, “यो निर्वाचन जित्ने रणनीति हो, तर पार्टी जोगाउने रणनीति होइन ।”

    एमालेले युवा पुस्ता भनेर टिकट दिएकाहरु पनि अचम्मकै छ । कतिपय स्थानीय तह र प्रदेश सभामा रहेका नेताहरुलाई बढी काखा च्यापिएको छ भने विभिन्न अपराधका घटनामा जोडिएका चक्रे मिलन जस्तालाई पनि एमालेले उम्मेदवार बनाएको छ । जसले झन् एमालेमा आन्तरिक असन्तुष्टि चर्किएको छ । 

    एमाले उम्मेद्वार को कहाँ ? 
     
    सुदूरपश्चिम प्रदेश
     
    कैलाली
     
    १. द्वारिका न्यौपाने
    २. सूर्यबहादुर थापा
    ३. गौरीशंकर चौधरी
    ४. लेखराज भट्ट
    ५. यज्ञराज ढुङ्गाना
     
    कञ्चनपुर
     
    १. कमला बोहरा
    २. वचनबहादुर सिंह
    ३. दीपक भट्ट
     
    अछाम
     
    १. झपटबहादुर बोहरा
    २. यज्ञ बोगटी
     
    बाजुरा
     
    १. लालबहादुर थापा
     
    डोटी
     
    १. दीपक धामी
     
    डडेल्धुरा
     
    १. चक्र स्नेही
     
    बझाङ
     
    १. अफिलाल ओखेडा
     
    बैतडी
     
    १. दामोदर भण्डारी
     
    दार्चुला
     
    १. गणेशसिंह ठगुन्ना
     
    ⸻
     
    कर्णाली प्रदेश
     
    सल्यान
     
    १. गुलाबजंग शाह
     
    रुकुम पश्चिम
     
    १. नन्दराम देवकोटा
     
    सुर्खेत
     
    १. धुर्व शाही
    २. कुलमणि देवकोटा
     
    कालिकोट
     
    १. नागेन्द्र शाही (नेसनल)
     
    जुम्ला
     
    १. शान्तिबहादुर महत
     
    मुगु
     
    १. पूर्णबहादुर रोकाया
     
    हुम्ला
     
    १. दल फडेरा
     
    डोल्पा
     
    १. लङ्क रोकाया
     
    दैलेख
     
    १. रविन्द्रराज शर्मा
    २. लक्ष्मीराज शर्मा
     
    जाजरकोट
     
    १. डम्मरबहादुर सिंह
     
    ⸻
     
    लुम्बिनी प्रदेश
     
    नवलपरासी
     
    १. रामप्रसाद पाण्डे
    २. भगवतीप्रसाद यादव
     
    रुपन्देही
     
    १. अध्यक्षले टुङ्गाउने
    २. अध्यक्षले टुङ्गाउने
    ३. बासुदेव घिमिरे
    ४. अध्यक्षले टुङ्गाउने
    ५. खिमलाल भट्टराई
     
    कपिलवस्तु
     
    १. विश्राम चौधरी
    २. अध्यक्षले टुङ्गाउने
    ३. बिरेन्द्र कडौनिया
     
    दाङ
     
    १. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
    २. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
    ३. घनश्याम पाण्डे
     
    बाँके
     
    १. सूर्य ढकाल
    २. अध्यक्षले टुङ्गाउने
    ३. दलबहादुर सुनार
     
    बर्दिया
     
    १. सालिकराम अधिकारी
    २. विमला विक
     
    पाल्पा
     
    १. नारायण आचार्य
    २. विष्णुप्रसाद पोडेल
     
    रुकुम पूर्व
     
    १. अध्यक्षले टुङ्गाउने
     
    रोल्पा
     
    १. गोकुल घर्ती
     
    प्यूठान
     
    १. सूर्यबहादुर थापा
     
    अर्घाखाँची
     
    १. पिताम्बर भुसाल
     
    गुल्मी
     
    १. प्रदीप ज्ञवाली
    २. गोकर्ण बिष्ट
     
    ⸻
     
    गण्डकी प्रदेश
     
    नवलपुर
     
    १. भागीरथ सापकोटा
    २. तिलबहादुर (तिलक) महत क्षेत्री
     
    गोरखा
     
    १. आर.सी. लामिछाने
    २. मिलन गुरुङ
     
    लमजुङ
     
    १. पृथ्वी सुब्बा गुरुङ
     
    तनहुँ
     
    १. भगवती न्यौपाने
    २. केदार सिग्देल
     
    स्याङ्जा
     
    १. मिनप्रसाद गुरुङ
    २. खिमबहादुर थापा
     
    म्याग्दी
     
    १. हरिकृष्ण श्रेष्ठ
     
    कास्की
     
    १. बैणबहादुर क्षेत्री
    २. कृष्ण थापा
    ३. दामोदर बैरागी
     
    बागलुङ
     
    १. हिरा केसी
    २. मञ्जु शर्मा चालिसे
     
    मुस्ताङ
     
    १. इन्द्रधारा बिष्ट
     
    मनाङ
     
    १. पोल्देन सोताङ गुरुङ
     
    पर्वत
     
    १. पदम गिरी
     
    ⸻
     
    बागमती प्रदेश
     
    सिन्धुली
     
    १. प्रदीप केसी (कटुवाल)
    २. मनोजजंग थापा
     
    रामेछाप
     
    १. माधवप्रसाद ढुङ्गेल
     
    दोलखा
     
    १. पार्वत गुरुङ
     
    सिन्धुपाल्चोक
     
    १. आङदोर्जे शेर्पा
    २. शेरबहादुर तामाङ
     
    काभ्रे
     
    १. अमित लामा
    २. अध्यक्षले टुङ्गाउने
     
    धादिङ
     
    १. भूमी त्रिपाठी
    २. धनबहादुर घले
     
    नुवाकोट
     
    १. बद्री मैनाली
    २. केशव पाण्डे
     
    रसुवा
     
    १. प्रेमबहादुर तामाङ
     
    मकवानपुर
     
    १. रामेश्वर राना
    २. महेश बर्तौला
     
    चितवन
     
    १. कृष्णराज (कमल) पाठक
    २. अस्मिन घिमिरे
    ३. शंकरराज थपलिया
     
    काठमाडौं
     
    १. मोहन रेग्मी
    २. मणिराम फुयाल
    ३. रामेश्वर फुयाल
    ४. अध्यक्षले टुङ्गाउने
    ५. अध्यक्षले टुङ्गाउने
    ६. अमनकुमार मास्के
    ७. अध्यक्षले टुङ्गाउने
    ८. राजेश शाक्य
    ९. अध्यक्षले टुङ्गाउने
    १०. विनोद श्रेष्ठ
     
    ललितपुर
     
    १. चेतनाथ सञ्जेल
    २. प्रेमबहादुर महर्जन
    ३. अध्यक्षले टुङ्गाउने
     
    ⸻
     
    मधेश प्रदेश
     
    सप्तरी
     
    १. सुमन प्याकुरेल
    २. सतिश सिंह
    ३. ताराकान्त चौधरी
    ४. बालकृष्ण चौधरी
     
    सिराहा
     
    १. केदार यादव
    २. नविनकुमार यादव
    ३. लिलानाथ श्रेष्ठ
    ४. बिल्टु यादव
     
    धनुषा
     
    १. रामचन्द्र मण्डल
    २. उमाशंकर अग्रहरि
    ३. जुली महतो
    ४. रघुवीर महासेठ
     
    महोत्तरी
     
    १. लक्ष्मी महतो कोइरी
    २. रामपरिक्षण यादव
    ३. अध्यक्षले टुङ्गाउने
    ४. सरोज यादव
     
    सर्लाही
     
    १. अध्यक्षले टुङ्गाउने
    २. अध्यक्षले टुङ्गाउने
    ३. हरि उप्रेती
     
    रौतहट
     
    १. अजय गुप्ता
    २. शैलेन्द्र साह
    ३. कुन्दन कुशवाहा
    ४. रामजी शाह
     
    बारा
     
    १. अच्युत मैनाली
    २. बलवीर चौधरी
    ३. ज्वाला शाह
    ४. किसान श्रेष्ठ
     
    पर्सा
     
    १. अध्यक्षले टुङ्गाउने
    २. अध्यक्षले टुङ्गाउने
    ३. प्रमोद जैसवाल
    ४. जालिम मियाँ अन्सारी
     
    ⸻
     
    कोशी प्रदेश
     
    ताप्लेजुङ
     
    १. अध्यक्षले टुङ्गाउने
     
    पाँचथर
     
    १. ऐन्द्रसुन्दर नेम्वाङ
     
    इलाम
     
    १. काजिमान कागते
    २. सुहाङ नेम्वाङ
     
    झापा
     
    १. रामचन्द्र उप्रेती
    २. देवराज घिमिरे
    ३. अध्यक्षले टुङ्गाउने
    ४. मनोज ताम्ली
    ५. केपी शर्मा ओली
     
    संखुवासभा
     
    १. डा. अर्जुन कार्की
     
    धनकुटा
     
    १. राजेन्द्र राई
     
    भोजपुर
     
    १. शेर्दन राई
     
    तेह्रथुम
     
    १. भानुभक्त ढकाल
     
    सुनसरी
     
    १. सूर्य पन्दाक
    २/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्गाउने)
    ४. भगवती चौधरी
     
    मोरङ
     
    १. घनश्याम खतिवडा
    २. दिलीप बगेडिया
    ३. दिलीप राई
    ४. जीवन घिमिरे
    ५. अध्यक्षले टुङ्गाउने
    ६. अध्यक्षले टुङ्गाउने
     
    सोलुखुम्बु
     
    १. कल्पना राई
     
    ओखलढुंगा
     
    १. अस्मिता थापा
     
    उदयपुर
     
    १. दुर्गा थापा स्वोती
    २. अमर रायमाझी
     
    खोटाङ
     
    १. देवविक्रम राई

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend