राष्ट्रियसभाको अधिवेशन आइतबारदेखि

राष्ट्रियसभाको अधिवेशन आइतबारदेखि

images
शनिवार, माघ ४ २०८२
  • काठमाडौँ । लामो समय देखि बस्न नसकेको राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबार देखि सुरु हुँदैछ ।  नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । 
     
    शुक्रबार अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिको बैठक गरेका थिए । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए । 
     
    गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।
     
     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend