नेकपाले टुंग्यायो ४५ उम्मेदवार, कहाँ को लड्दैछन् ? (सूचीसहित)

नेकपाले टुंग्यायो ४५ उम्मेदवार, कहाँ को लड्दैछन् ? (सूचीसहित)

images
शनिवार, माघ ४ २०८२
  • काठमाडौैं । नेपाली कम्युनिष्ट पार्टीले शनिबार मात्रै झण्डै ६० भन्दा बढी उम्मेदवारहरुको उम्मेदवारी टुंग्गो लगाएर वितरण समेत गरिसकेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले टुग्गिएका उम्मेदवारहरुलाई टिकट वितरण गरेका हुन् । 
    आगामी फागुन २१ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ । नेकपा एक्लै चुनावमा लड्ने योजनाका साथ उसले आज दिनभर टुग्गो लागेका नेताहरुलाई बोलाउँदै उम्मेदवारको टिकट वितरण गरेको हो । 
    अहिलेसम्म ४५ जना भन्दा बढी नेताहरुले उम्मेदवारीको टिकट लगिसक्नुभएको छ, नेकपाका एक नेताले भने । उनका अनुसार अहिलेसम्म टुग्गो लागेका उम्मेदवारहरुको सूची यस्तो छ :


    झापा १ - अशेष घिमिरे
    झापा ५ - रज्जित तामाङ
    भोजपुर - अजम्बर काङमाङ राई
    ताप्लेजुङ - खेलप्रसाद बुढाथोकी
    पाँचथर - हर्कवहादुर नेम्वाङ (मिक्सो)
    सुनसरी १ -  सूर्य कुमार भट्टराई (मनोज भट्टराई )
    मोरङ ४ - अमनलाल मोदी
    मोरङ ५ - शिवकुमार मण्डल
    मोरङ ३ - देउमान साम्वाहाम्फे
    मुगु - चन्द्रवहादुर शाही

    बैतडी - परमानन्द भट्ट
    डोटी-   त्रिलोचन भट्ट 
    बाजुरा-  प्रकाशबहादुर शाह
    डढेल्धुरा-  मानसिंह माल
    दार्चुला - लक्ष्मणदत्त जोशी
    बझाङ- मीनबहादुर कुँवर
    अछाम १ -  भीम रावल
    अछाम २ -  शरदसिंह भण्डारी
    कञ्चनपुर  १ -  बीना मगर,
     कञ्चनपुर २ - लालबहादुर खड्का
    कञ्चनपुर ३ -  मानबहादुर सुना
    कैलाली  ५ -  प्रेम आले, 
    कैलाली ४ - हरि चौधरी (उत्सव) 
    कैलाली ३ - वीरमान चौधरी 
    कैलाली २ -  राजेन्द्र साउद 
    बर्दिया १ - वामदेव गौतम
    बर्दिया - २ लालवीर चौधरी
    पर्वत - मनहरी तिमल्सिना
    जुम्ला - नरेश भण्डारी
    सर्लाही ३ - नारायणकाजी श्रेष्ठ
    सर्लाही २ - महिन्द्रराय यादव
    रुकुम पश्चिम - गोपाल शर्मा (अनल)
    गोरखा १ - हरिराज अधिकारी
    गोरखा २ - लेखनाथ न्यौपाने
    नवलपरासी २ - देवेन्द्र पौडेल
    चितवन ३ - रेनु दाहाल
    नुवाकोट १ - हितबहादुर तामाङ
    काठमाडौं ८ - सुमन सायमी
    सिन्धुपाल्चोक १ - माधव सापकोटा
    सिन्धुपाल्चोक २ - युवराज दुलाल
    दैलेख १ - अम्बर बहादुर थापा
    दैलेख २ - योगेन्द्रबहादुर शाही
    सुर्खेत १ - जीतवहादुर राना
    सुर्खेत २ - झकबहादुर मल्ल
    डोल्पा - धनबहादुर बुढा 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend