देउवा पक्षले भन्यो- निर्वाचन आयोगको निर्णय खारेज गछौं, मान्दैनौं

देउवा पक्षले भन्यो- निर्वाचन आयोगको निर्णय खारेज गछौं, मान्दैनौं

images
शुक्रवार, माघ ३ २०८२
  • काठमाडौं । नेपाली कांग्रेस शेरवहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णय पूर्णत नमान्ने र खारेज गर्ने बताएको छ । निर्वाचन आयोगले कांग्रेसको आधिकारिकता विवादमा गगन थापा पक्षको विशेष महाधिवेशनलाइृ बैधानिकता दिएपछि देउवा पक्षले त्यसका विरुद्द राजनीतिक, वैधानिक र कानुनी सवै प्रकारको आन्दोलनमा उत्रने जनाएको छ । 

    तत्काल केन्द्रीय समितिको बैठक बसेर थप कार्यक्रम बनाउने देउवा कांग्रेसको कार्यवाहक सभापति पूर्णवहादुर खड्काले बताएका थिए । आयोग निर्णयपछि निर्वाचन आयोग अगाडी कार्यवाहक सभापति खड्का, नेता विमलेन्द्र निधि, प्रवक्ता डा प्रकाशशरण महत, प्रकाशमान सिंह, मिनेन्द्र रिजाल, एनपी साउद लगायत नेताहरु पुगेका थिए । 


    ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण आएको छ। जुन हामीले आशंका गरेका थियौं। षड्यन्त्र पूर्ण निर्णय आएको छ,’ कार्यवाहक सभापति पूर्णवहादुर खड्काले भने, ‘निर्वाचन आयोगले यो भन्दा अगाडिको दलको विवादको भन्दा विपरितको निर्णय आएको छ। त्यसैले यो निर्णय नेपाली कांग्रेस खारेज गर्दछ। यो निर्णय अमान्य छ।’

    उनले अब राजनीतिक र वैधानिक सबै किसिमका लडाइँ लड्ने पनि बताए।

    ‘राजनीतिक, वैधानिक सबै किसिमका सबै लडाइँ लड्छौं, केके स्वरूप हुन्छ बैठक बसेर निर्णय गर्छौं,’ उनले भने।


    खड्काले आयोगले यो निर्णयमा सेटिङ समेत भएको बताए।

     

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend