निर्वाचन आयोगले लिएको यी तीन आधार, जसले गगन थापालाई मान्यता दियो

निर्वाचन आयोगले लिएको यी तीन आधार, जसले गगन थापालाई मान्यता दियो

images
शुक्रवार, माघ ३ २०८२
  • काठमाडौं । फागुन २१ को चुनावको प्रत्यक्ष तर्फको मनोनयन दर्ताको पूर्वसन्ध्यामा निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ । शेरवहादुर देउवा पक्षको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेसका बीचको आधिकारिकता विवादमा आयोगले तीन सदस्यीय पदाधिकारीमा बहुमतका आधारमा निर्णय लिएको थियो । 

    आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्दा मुख्य तीन आधार देखाएको छ ।


    पहिलो, कांग्रेसको ४० प्रतिशत केन्द्रीय महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था विधानमा रहेको र सोही आधारमा विशेष महाधिवेशन आयोजना भई नयाँ नेतृत्व चयन भएको देखियो । 
    दोस्रो, विधानत केन्द्रीय समिति भन्दा पनि ठूलो महाधिवेशन प्रतिनिधि रहेको र महाधिवेशन प्रतिनिधि सर्वोच्च प्रतिनिधि भएकोले त्यसले लिने निर्णय वैधानिक हुने देखियो । 

    तेस्रो,  विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिले माग गरेको विषयमा शेरवहादुर देउवा पक्षको पनि विमति नदेखिएकोले विशेष महाधिवेशन पक्षधरले गरेको निर्णय बैधानिक हुने आधार देखिएको । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend