नागरिक लगानी कोषको साधारणसभा सम्पन्न

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न

images
बुधवार, माघ १ २०८२
  • काठमाडौँ । नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । 

    कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो ।

    कोषको गत आवको कर पछिको खुद नाफा रु एक अर्ब २५ करोड ६० लाख रहेको छ । जसमध्ये रु २५ करोड १२ लाख साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो ।

    कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१/८२ मा रु दुई खर्ब ६६ अर्ब ६५ करोड खुद कोष संकलन भएकामा चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम रु दुई खर्ब ९६ अर्ब ८९ करोड पुगेको जनाएको छ ।

    साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, गत आव २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend