कांग्रेसमा सहमति प्रयास किन भयो असफल ?

कांग्रेसमा सहमति प्रयास किन भयो असफल ?

सभापति शेरबहादुर देउवाको ग्रेसफुल एक्जिट तत्काल गर्ने कुरामा सहमति जुट्न नसक्दा कांग्रेस  विभाजनको संघारमा छ

images
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं । नेपाली काग्रेसमा सहमति प्रयास असफल भईरहेको छ । मंगलबार दिनभर सस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधर (गगन विश्वसमुह)का बीचमा त्रिपक्षिय वार्ताको माध्यमबाट सहमति प्रयास गरेपनि सहमति निस्कन सकेको छैन । 
    अहिले पनि सस्थापन पक्षका शीर्ष नेताहरु र विशेष महाधिवेशन पक्षधर नेताहरुका आ आफना शीर्ष समुहका बीचमा छलफल जारी छ । यो छलफलपछि फेरि आजै मध्यरातमा भएपनि सहमति प्रयासका लागि फेरि कांग्रेसका शीर्ष समुहहरुका बीचमा वार्ता हुने बताइएको छ ।

    खासगरी सस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरका बीचमा आ आफनो अडान कायम रहेको र दुवैपक्ष टसमस नहुँदा सहमति जुट्न सकेको छैन । विशेष महाधिवेशन पक्षधर नेताहरुले मुख्यतः ( विशेष महाधिवेशनको नीति र निर्णयलाई पार्टीले स्वामित्व लिनुपर्ने, पार्टी सभापति शेरवहादुर देउवा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुनुपर्ने, निर्वाचन आयोगमा उम्मेदवारले बुझाउने टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने र देउवा स्वयंले पनि यसपालिको निर्वाचन नलड्ने घोषणा गर्नुपर्ने जस्ता माग राखेर सस्थापन पक्षसँग वार्ता सुरु गरेको थियो । तर सस्थापन पक्षले सभापति देउवा नियमित महाधिवेशन गरेर सहज र सम्मानजनक बर्हिगमनको पक्षमा रहेकोले यी निर्णयमा देउवाकै सहमति खोज्नुपर्ने बताएका थिए । 

    देउवाले अहिले पूर्णवहादुर खड्कालाई समेत सहज रुपमा सम्पूर्ण अधिकार दिएर कार्यावाहक दिन तयार देखिएका छैनन । कांग्रेसकै केही नेताहरुले कार्यवाहक सभापति खड्का र महामन्त्रीद्दय विश्वप्रकाश शर्मा र गगन थापाका बीचमा केही अघोषित सहमति भएको हुनसक्ने सूचना देउवासामु पुराईदिएपछि देउवा सहज खड्कालाई सम्पूर्ण अधिकार दिईहाल्ने पक्षमा छैनन । 

    BhishmarOjha-KTM-29IMG_20260113_152958copy.JPG

    सस्थापन पक्ष विशेष महाधिवेशनको निर्णय नितिको स्वामित्व लिन तयार भएपनि अन्य विशेष महाधिवेशन पक्षधर नेताहरुले उठाउँदै आएका विषयमा सकारात्मक जवाफ दिन तयार भएका छैनन । यो समाचार तयार पार्दासम्म विशेष महाधिवेशन पक्षधर नेताहरुले सभापति शेरबहादुर देउवाको राजीनामाको विकल्पमा पार्टी संचालनका लागि हाईकमान्डको विकल्प अघि सारेका छन् ।
    पार्टी संचालनका लागि हाईकमान्ड बनाउने सहमति भएमा आगामी १५ औं महाधिवेशनसम्मका लागि देउवालाई ुसेरोमोनियलु हैसियतमा राख्न महाधिवेशन पक्षधर नेताहरु लचक भएका छन् । तर यस विषयमा सभापति देउवाकै निर्णय कुर्नुपर्ने जवाफ विशेष महाधिवेशन पक्षधर नेताहरुसामु सस्थापन पक्षका नेताहरुले फर्काएका छन् । 
    कार्यवाहक सभापति, महामन्त्रीद्वय, नेता शेखर कोइरालासहितको पार्टी संचालनको हाइकमान्ड बनाउने प्रस्ताव महाधिवेशन पक्षधर नेताहरुको छ । संस्थापन पक्षबाट वार्तामा सहभागी केन्द्रीय सदस्यहरु बालकृष्ण खाण र रमेश लेखकले यस विषयमा सभापतिकै सहमति हुनुपर्ने भन्दै वार्तास्थलबाट देउवा निवास गएका थिए ।

    विशेष महाधिवेशन पक्षधर नेता महामन्त्री विश्वप्रकाश शर्माले अवको सभापति र पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार गगन थापालाई अगाडी सारेर जाने विशेष महाधिवेशनमै घोषणा गरेपछि कांग्रेस झन् अप्ठ्यारो अवस्थामा पुगेको छ । महामन्त्रीद्दयको प्रस्तावहरु विशेष महाधिवेशनको बन्दशत्रले पारित गरेपछि नेतृत्व चयनको प्रक्रियामा विशेष महाधिवेशन अगाडी बढेको छ । त्यसका लागि बुधबार बिहान मतदान गराउने तालिका निर्वाचन समितिले बनाएको छ । 

    616096791_10235081927843777_1444489018532376164_n.jpg


    विशेष महाधिवेशनमा बन्दसत्र चलिरहँदा मंगलबार दिउँसोबाट नै नेतृत्व चयनको लागि चुनावी प्रक्रिया अघि बढेको छ । नेतृत्वदायी पदमा आउनका लागि आकांक्षीहरूले फारम लिइरहेका छन् ।
    महामन्त्री थापाले विशेष परिस्थितिमा अहिले विद्रोह अन्तर्गत महाधिवेशन भएकाले नेतृत्वका आकांक्षीहरूलाई अहिले उदार बन्न अपिल गरेका छन् ।
    ‘अब प्रक्रिया अघि बढिसकेको छ । कसैले यसलाई दखल अन्दाज गर्न मिल्दैन । हामीले छोटो समयका लागि यो नेतृत्व हाँक्ने हो । यसपछि नियमित महाधिवेशन गर्ने हो । यो बेलामा यो आन्दोलन अभियान र विद्रोह हो । सबैले म यो पदमा जानुपर्छ भन्ने सोच्न छोड्दिनुभयो भने यहाँ आउनुको अभियानको सार्थकता हुन्छ’ महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिहरूलाई भने ।


    यसले पनि संकेत गरिरेको छ, दिनभर त्रिपक्षिय वार्ता, दिपक्षिय वार्ताहरु असफल भएका छन् । अब सभापति देउवा स्वयमले महामन्त्रीद्दयसहित शीर्ष नेताहरुसँग अन्तिम पटक वार्ता गर्ने तयारी थालेको स्रोत बताउँछ ।


    देउवा र विशेष महाधिवेशन पक्षधरका बीचमा आ आफना अडानमा टसमस नहुने हो भने अब कांग्रेसको विशेष महाधिवेशन विभाजनतिर उन्मुख हुने देखिएको छ । सभापति देउवा विशेष महाधिवेशन पक्षधर नेताहरुका सवै विषय मान्न लचक देखिएपनि सभापति शेरबहादुर देउवाको ग्रेसफुल एक्जिट तत्काल गर्ने कुरामा सहमत हुन नसक्ने भएपछि कांग्रेसको वार्ता प्रक्रिया लम्बिएको छ । जसले सहमतिको प्रयासको लागि संस्थापनलाई केन्द्रीय समितिको बैठक स्थगित गर्न र इतरपक्षलाई विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम पछाडि धकेल्ने स्थितिमा पुर्‍याएको छ । 

    रातभर वार्ताबाट समस्या समाधान खोज्ने प्रयासमा अझै्र जुटिरहेका छन् । 
    तर एउटै विषय देउवाको ग्रेसफुल एक्जिट तत्काल गर्ने कुरामा सहमत हुन नसक्दा कांग्रेसको घर झगडा मिल्ने तिर गईरहेको छैन । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend