राष्ट्रपतिले आह्वान गरे राष्ट्रिय सभाको अधिवेशन

राष्ट्रपतिले आह्वान गरे राष्ट्रिय सभाको अधिवेशन

images
सोमवार, पौष २८ २०८२
  • काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन्।

    राष्ट्रपतिले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    आजै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend