काठमाडौँ । नेपाली कांग्रेसकाे विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।
कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई र्याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा बृहत् मञ्चको व्यवस्था गरिएको छ भने मञ्च अगाडि हजारौँ सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।
विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ ।
.jpg)
