प्रचण्डको घोषणा- अहिलेको चुनाव पूर्वी रुकुमबाट लड्ने छु

प्रचण्डको घोषणा- अहिलेको चुनाव पूर्वी रुकुमबाट लड्ने छु

images
शनिवार, पौष २६ २०८२
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हरेक पटक निर्वाचन क्षेत्र फेरिरहन्छन् । आलोचकहरु भन्छन्, - प्रचण्ड निर्वाचन जित्ने सुनिश्चितता खोज्दै निर्वाचन क्षेत्र परिवर्तन गर्छन् । तर उनका समर्थकहरु भन्छन्,- शीर्ष नेता एकै क्षेत्रमा मात्र केन्द्रीत हुनु हुन्न, देशभर परिचालन हुनुपर्छ । निर्वाचन क्षेत्र फेरेर चुनाव लड्दा त्यहाँको विकासको गति नयाँ शिरामा अगाडी बढ्छ । 

    आलोचक समर्थकका आ आफना तर्क भएपनि यसपटक प्रचण्ड कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्लान् ? आम मानिसको चासो थियो । गत चुनावमा अन्तिम सयममा मात्रै उनी गोरखा २ मा चुनाव लड्न पुगेका थिए । यसपटक प्रचण्डको नाम कालिकोट, रुकुम पूर्व, नुवाकोट, कास्की, सिन्धुली लगायत झण्डै एक दर्जन जिल्लाबाट नाम सिफारिस भएको थियो । 


    रुकुम पूर्वका पार्टी नेताहरुले प्रचण्डलाई आफनो निर्वाचन क्षेत्रमा चुनाव लड्न औपचारिक आग्रह नै काठमाडौं आएर गदै आएका थिए । त्यही क्रममा उनले आज रुकुम पश्चिमको पार्टी एकता सन्देश सभामा पुगेर आफु रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।
    ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ रुकुम पश्चिमको पार्टी एकता सन्देश सभालाई सम्वोधन गदै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले भने,  ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्नुहोला ।’

    रुकुम पश्चिम प्रचण्डसँग दशर्काै लामो सम्वन्ध तोड्दै नयाँ पार्टी निर्माणमा लागेका जनार्दन शर्माले २०६४ यता लगातार जित्दै आएको निर्वाचन क्षेत्र हो । त्यहाँको पार्टी एकता सन्देश सभामा पुगेर प्रचण्डले जनार्दनलाई भगौडा भन्दै पार्टी एकढिक्का रहेको बताएका हुन् । 

    उनले त्यही क्रममा आफनो निर्वाचन क्षेत्रका बारेमा खुलाएका हुन् । 
    प्रचण्डले पश्चिम रुकुम र पूर्वी रुकुमका जनताको विकासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दुस्ख सुखमा एकाकार हुनका निम्ति रुकुम पूर्वमा चुनाव लड्न आउन लागेको बताएका थिए ।

    प्रतिनिधिसभा चुनाव फागुन २१ मा हुँदैछ । त्यसका लागि माघ ६ मा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले तय गरेको छ । 
    प्रचण्डले यस अगाडी पहिलो संविधानसभा काठमाडौं १० र रोल्पा १, दोस्रो संविधानसभा सिराह ५, संविधान निर्माणपछिको पहिलो चुनाव चितवन ३, पछिल्लो गोरखा २ बाट चुनाव जितेका थिए । यसपटक उनी पूर्वी रुकुम जाने घोषणा प्रचण्डले गरेका छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend