१२ दिनमै टुट्यो कुलमान- रास्वपा एकता

१२ दिनमै टुट्यो कुलमान- रास्वपा एकता

पार्टी एकताको सहमति बचाउन सकिनँ : रवि लामिछाने,  १२ दिन हामीलाई इन्गेज गराएर एकतर्फी रूपमा सहमति तोडियो : कुलमान

images
शनिवार, पौष २६ २०८२
  • काठमाडौं । पूराना राजनीतिक दललाई चुनौति दिने र बैकल्पिक राजनीतिक पार्टीहरु एक हुने घोषणा गरि १२ दिन अगाडी एकताको घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबीचको एकता टुटेको छ । 
    पदीय भागवन्डा र नेतृत्व टकरावका कारण रवि लामिछाने र कुलमान घिसिङका बीचमा कुरा नमिलेपछि यी दुई पार्टीका बीचको एकता १२ दिनमै टुटेको हो । रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच पुस १४ गते सहमतिपत्र हस्ताक्षर भएको थियो। उज्यालो नेपाल र रास्वपाका बीचमा १२ दिन अगाडी भएको सात बुँदे सहमतिको चौथो बुँदामा एकता पश्चात् पनि रास्वपाको सभापति रवि लामिछाने नै रहने र कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले उपसभापति रहने उल्लेख थियो ।

    रास्वपाले त्यसको केही दिन अगाडी मात्रै काठमाडौंका मेयर बालेन शाहलाई पनि रास्वपामा भित्राउँदै अवको भावी प्रधानमन्त्रीको रुपमा अगाडी बढाउने गरी एकता गरेको थियो । 
    तर कुलमानसँग भने रास्वपाको एकता टिकेन । आजै रास्वपाले कुलमानको उज्यालो नेपाल पार्टीसँग भएको ७ बुँदे सहमति अनुमोदन नगर्ने र एकता भंग भएको घोषणा गरेको थियो । त्यसपछि उज्यालो नेपालको संरक्षक रहेका कुलमानले पनि पार्टी बैठक बोलाएर पहिले अध्यक्ष रहेका अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गरेर उनलाई संरक्षक बनाएको थियो । 
    घिसिङले साँझ नै पत्रकार सम्मेलन गरेर अब आफनो पार्टी उज्यालो पार्टीको नाममा चिम चुनाव चिन्ह्र लिएर निर्वाचनमा जाने घोषणा गरे । १२ दिनसम्म आफुहरुलाई रास्वपाबाट बिलखबन्दमा राखिएको भन्दै १२ दिन आफुहरुलाई इन्गेज गराएर एकतर्फी रूपमा रास्वपाले सहमति तोडेको बताए । 
    '१२ दिन अत्यन्तै पीडादायक रह्यो। यो अवधिमा उज्यालो नेपालका शुभेच्छुक साथीहरूले धेरै पीडा बेहोर्नुपरेको छ। उनीहरूले हामीलाई सहमति कार्यान्वयनको प्रक्रियामा इन्गेज गराएर ठाउँ ठाउँमा पार्टी प्रवेशका कार्यक्रम राखे,' कुलमानले भने, 'हामी भने जेनजी आन्दोलनले जुन खालको नयाँ शक्ति चाहेको थियो, त्यसलाई सम्बोधन गर्न सकभर सहमति कार्यान्वयन होस् भन्ने चाहेका थियौं।'
    रास्वपासँग उज्यालो नेपाल पार्टीले कुलमानलाई बरिष्ठ उपाध्यक्ष बनाउन प्रस्ताव गरेको थियो । त्यसपछि पार्टी नाम फेर्नुपर्ने, कुलमानलाई बरिष्ठ उपाध्यक्ष र पार्टीका तर्फबाट जानेलाई महामन्त्री दिनुपर्ने, केन्द्रीय समितिमा आफुलाई कम्तीमा २१ जना दिनुपर्ने र समानुपातिकतर्फको भागवन्डा सिट बढाउनुपर्ने माग रास्वपासँग कुलमान पक्षले गरेको रास्वपाको दावी छ । तर घिसिङले भने पत्रकार सम्मेलनमा आफुले रास्वपाको साधारण सदस्य भएर बस्ने, तर केन्द्रीय समितिका साथीहरूलाई समायोजन गरौं भनेर प्रस्ताव गरेको तर कुरा नमिलेको बताए । 
    संविधानका आधारभूत विषयमा सहमति कायम गर्न एउटा पूरक सम्झौता गरौं भन्दा पनि रास्वपासँग कुरा नमिलेको घिसिङले बताए । कुलमानले उज्यालो नेपाल पार्टीमा केही पहिचानवादी नेताहरूलाई पनि सामेल गरेका थिए। प्राध्यापक महेन्द्र लावती, डकेन्द्रसिंह थेगिम, खगेन्द्र माखिम लगायतका पहिचान पक्षधरहरू उज्यालोले ुपहिचानको मुद्दा बोक्ने र पार्टी विधानको प्रस्तावनामै त्यो उल्लेख भएकोु भन्दै उज्यालो नेपालमा आबद्ध भएका थिए।
    यी पहिचानवादी नेताहरू रास्वपामा मिसिने कुलमानको निर्णयप्रति असहमत थिए। आफूहरूसँग कुनै सल्लाह नगरी पार्टी विलय गराएको भन्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले सार्वजनिक रूपमै असन्तोष जनाएका थिए भने रास्वपाको समानुपातिक सूचीमा नाम समेटिएका प्राध्यापक डा। महेन्द्र लावतीले पनि गम्भीर असहमति प्रकट गरेका थिए।

    rabi-balen-kulman-sahamati_CAiWaFoLey.jpg
    पहिचान, संघीयता र धर्म निरपेक्षताको आधारभूत एजेन्डामा एक ठाउँ आउन रास्वपा र उज्यालो नेपालबीच पटक पटक छलफल भए पनि सहमति हुन सकेन। कुलमानले यही विषयमा संविधानको आधारभूत विषयमा सहमति कायम गर्न पूरक सम्झौताको कुरा संकेत गरेका हुन् । 

    रास्वपा सचिवालयको शनिबार दिउँसो बसेको भर्चुअल बैठकमा सभापति रवि लामिछानेले अधिकतम लचकता देखाउँदा पनि पार्टी एकता बचाउन नसकेको ब्रिफिङ गरेको एक सचिवालय सदस्यले जानकारी दिए।
    'पार्टी एकताको पूर्ववतस् सहमतिअनुसार अघि बढ्न मैले अधिकतम लचकता अपनाएको हुँ तर उज्यालो नेपालसँगको एकता हाललाई स्थगित गर्नुपर्ने अवस्था आयो,' सभापति लामिछानेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, 'पार्टी एकताको सहमति बचाउन सकिनँ।'
    रास्वपाका एक पदाधिकारीले भने, सिद्धान्त र पार्टीको नाम परिवर्तन गर्नुपर्ने, चुनावपछिको सरकारमा आफ्नो पक्षलाई निश्चित पद अहिले नै टुंग्याउनुपर्ने जस्ता माग कुलमानले राखेको र त्यसमा सहमति दिन नसक्दा एकताको सहमति टुटेको बताए ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend