पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

images
शुक्रवार, पौष २५ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो । 

    गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। २०८२ मंसिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

    गत आर्थिक वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो। गत वर्ष मंसिरको तुलनामा चालु आर्थिक वर्षको साेही महिनामा रेमिट्यान्स आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।

    पछिल्लो पाँच महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend