निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

images
शुक्रवार, पौष २५ २०८२
  • काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी हुने भएकाे छ । 

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो । 

    आयोगले निर्वाचनका लागि माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ ।

    भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend