जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

images
शुक्रवार, पौष २५ २०८२
  • काँक्रेविहार (सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    आज बिहान छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खसेकाे हाे । दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

    छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दियो । 

    घाइते हुनेहरुमा छेडागाड–९ का २४ वर्षीय कृष्ण अधिकारी,  वडा नम्बर ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका–६ का २३ वर्षीया शीतला रावत छन् । उनीहरुको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend