रहबर अन्सारीले छाडे पार्टी

रहबर अन्सारीले छाडे पार्टी

images
बिहिवार, पौष २४ २०८२
  • काठमाडौँ । मधेस प्रदेशसभा सदस्य एवं माओवादी नेता रहबर अन्सारीले पार्टी छाडेका छन् ।

    बिहीबार प्रचण्डलाई पत्र पठाउँदै अन्सारीले पार्टी त्यागेको घोषणा गरेका हुन्। पत्रमा उनले साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको भन्दै यो विरोधाभासको हिस्सा आफू बन्न नसक्ने उल्लेख गरेका छन् । 

    ‘यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ । साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु’, राजीनामापत्रमा भनिएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend