काठमाडौं । नेकपा एमालेले अर्काे ब्यवस्था नभएसम्मका लागि आगामी राष्टिय सभा चुनाव र प्रतिनिधिसभाको चुनावको समन्वय गर्ने र पार्टी प्रदेशको पनि गतिविधिको इन्चार्जसिप गर्ने गरी ७ भूगोल र एक गैह भूगोल समेत ८ वटा प्रदेशको कमाण्डरहरु तोकेको छ । त्यस्तै संगठन विभागको जिम्मा सम्हाल्ने गरी संगठन समितिको जिम्मेवारी पनि ठोस गरेको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले त्यस्तो जिम्मेवारी तय गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ तथा वाग्मती प्रदेशमा महेश बस्नेतले जिम्मेवारी पाएका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा खगराज अधिकारी, लुम्बिनी प्रदेशमा पद्मा अर्याल, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्नाले जिम्मा भएका छन् । गैह भौगोलिक प्रदेशका रुपमा राजधानीमा डा राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ ।
संगठन विभागको जिम्मेवारी भने भानुभक्त ढकाललाई दिइएको छ।
केन्द्रीय निर्वाचन परिचालन समिति पनि एमालेले बनाएको छ । त्यसको संयोजकमा उपाध्यक्ष रामवहादुर थापा (बादल)लाई दिइएको छ । निर्वाचन परिचालन समितिको सदस्यहरुमा राजन भट्टराई, छविलाल विश्वकर्मा, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी रहेका छन् ।
.jpg)
