कोशीमा दलितविहीन मन्त्रीमण्डल, एक जना मात्रै महिलालाई राज्यमन्त्री बनाइयो

कोशीमा दलितविहीन मन्त्रीमण्डल, एक जना मात्रै महिलालाई राज्यमन्त्री बनाइयो

images
मंगलवार, पौष २२ २०८२
  • विराटनगर । कोशी प्रदेश सरकारमा सत्तासिन एमाले कांग्रेसले पार्टीका मन्त्रीहरु हेरफेर गरेका छन् । सत्तासिन दलभित्रकै नेताहरुको आन्तरिक ब्यवस्थापनका लागि मन्त्रीमण्डल हेरफेर गर्ने सहमति अनुसार मुख्यमन्त्री हिक्मतवहादुर कार्कीले मंगलबार कोशी प्रदेश सरकार पूर्नगठन गरेका हुन् ।  सरकारमा कांग्रेसबाट चार जना मन्त्री र एक राज्यमन्त्री र एमालेबाट पनि चार मन्त्री र एक राज्यमन्त्री बनाउने गरी मन्त्रीमण्डल पूर्नगठन गरेका हुन् । 

    पूर्नगठित मन्त्रिपरिषद् पुरै दलित विहिन बनेको छ भने मन्त्रिीमण्डलमा राज्यमन्त्रीमा मात्रै त्यो पनि एक जना समेटिएका छन् । कांग्रेसबाट १० र एमालेबाट १४ जना प्रदेशमा महिला सांसद थिए । तर सरकारमा एक जना कांग्रेसका तर्फबाट मात्र शोभा चेम्जोङ यो मन्त्रिपरिषदकी राज्यमन्त्री बनेकी छिन् । उनी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्री बनेकी छन्।


    दलिततर्फ कांग्रेस र एमाले दुवै तर्फका एक एक जना सांसद भएपनि कार्कीले मन्त्रिमण्डल पूर्नगठन गर्दा दलितको प्रतिनिधित्व सून्य बनाईएको छ । 
    २०८१ असार १७ मा कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएपछि सुरू भएको विघटित संसद्का यी दुई ठूला दलबीचको सत्ता सहयात्रायता कोशीमा दोस्रोपटक मन्त्रीमण्डल हेरफेर भएको हो। 


    हेरफेरपछि कांग्रेसको नेतृत्व गरेर गएका  प्रदिप कुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाएका छन्। यसअघि उक्त मन्त्रालयमा कांग्रेसकै भूपेन्द्र राई मन्त्री थिए।  भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन्। यो मन्त्रालयमा यसअघि कांग्रेसकै सदानन्द मण्डल मन्त्री थिए। कांग्रेसकै मान बहादुर लिम्बु स्वास्थ्य मन्त्री बनेका छन्। यसअघ भूपेन्द्र राईले नै यो मन्त्रालय सम्हालेका थिए। 


     सुनसरीका कांग्रेस सांसद इस्राईल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन्। यसअघि खगेनसिंह हाङ्गामले सम्हालेको मन्त्रालयको जिम्मा पाएका हुन्। 

    एमालेका तर्फबट भने तिलचन पाठकले  खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाएका छन्। यो मन्त्रालयमा यसअघि एमालेकै एकराज कार्कीले सम्हालेका थिए । इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानून मन्त्रालयको मन्त्री बनेका छन्। यसअघि रेवतीरमण भण्डारी यो मन्त्रालयमा थिए।

    विदुर कुमार लिंथेपले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा पाएका छन्। यसअघि सो मन्त्रालयमा इलामका रामबहादुर मगर मन्त्री थिए।
    रामप्रसाद महतो सामाजिक विकास मन्त्रालयको मन्त्री बनेका छन्। यसअघि एमालेकै पाँचकर्ण राई मन्त्री थिए। त्यस्तै एमालेकै उमाकान्त गौतमले आन्तरिक मामिला तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मा पाएका छन्। 


    कांग्रेसमा नेतापिच्छे नै भागबन्डा
    कोशी प्रदेश सरकार पूर्नगठनमा कांग्रेसका नेतापिच्छे नै भागवन्डा मिलाइएको छ । विगतमा दुई मन्त्रालय दावी गदै दुईटा मन्त्रालय नपाए सरकारमै सहभागी नहुने बताएको शेखर कोइराला पक्ष भने अनुसार मन्त्रालय नपाएपछि कोशी प्रदेश सरकारमा सहभागी भएको थिएन । यसपटक भने उसले एक वटा मन्त्रालय लिएर कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कोइराला समुहबाट मान बहादुर लिम्बु स्वास्थ्य मन्त्री बनेका छन् । 
    भौतिक पूर्वाधार विकास मन्त्रालयको  जिम्मा पाएका प्रदिप कुमार सुनुवार सस्थापन पक्षका नेता हुन् । उनी देउवासँग प्रत्यक्ष सम्र्पकमा रहने नेतामा मानिन्छन् ।
    विराटनगर महानगरका पूर्वमेयर भीम पराजुली अहिले पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । उनी नेता कृष्णप्रसाद सिटौला निकटका नेता हुन् । 
    सुनसरीका  इस्राईल मन्सुरी नेता ज्ञानेन्द्रवहादुर कार्की निकट नेता हुन् । उनले उद्योग, कृषि तथा सहकारी मन्त्रीको जिम्मा पाएका छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend