वीरगञ्जमा हट्याे कर्फ्यू, जनजीवन सामान्य बन्दै

वीरगञ्जमा हट्याे कर्फ्यू, जनजीवन सामान्य बन्दै

images
मंगलवार, पौष २२ २०८२
  • वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यू आदेश हटाएको छ।

    प्रशासनले मंगलबार विज्ञप्ति जारी गरी ३ः३० बजेदेखि नै लागू हुने गरी कर्फ्यू आदेश हटाइएको जानकारी दिएको हो।  प्रशासनकै अगुवाइमा मंगलबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै सोमबारदेखि लगाइएको कर्फ्यू हटाइएको हाे ।

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता गरेसँगै कर्फ्यु हटाउने निर्णय भएको जानकारी दिए । ‘यहाँका दुई समुदायबीच सहमति र यहाँको शान्तिसुरक्षाको अवस्था सहज बन्दै गएपछि कर्फ्यु हटाउने निर्णय गरेका हौँ,’ उनले भने, ‘अब यहाँको जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको छ ।’

    सो बैठकले आन्दोलनरत पक्षले विरोध प्रदर्शन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेस गर्न जोड दिने, तत्पश्चात् मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताइएको छ ।

    ‘भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भाव विरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरु एवं विभिन्न धार्मिक समुदायका अगुवाहरु रहने तपसिल बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय भएको छ,’ उनले भने ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend