राष्ट्रियसभा चुनाव

मुख्य चार दल मिलेरै चुनावमा जाने, यसरी गरिदैंछ भागबन्डा

मुख्य चार दल मिलेरै चुनावमा जाने, यसरी गरिदैंछ भागबन्डा

कांग्रेसलाई ७, एमालेलाई ६, नेकपालाई ४ र जसपालाई १ सिटमा भागवन्डा लगाउने तयारी

images
सोमवार, पौष २१ २०८२
  • काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा मुख्य चार दलबीच नै गठबन्धन गर्ने अन्तिम तयारी भएको छ । कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी चार वटै पार्टीका बीचमा गठबन्धन गरेर चुनावमा जाने तयारी गरेका हुन् । 

    त्यसका लागि बुहपक्षिय, द्दिपक्षिय छलफल नेताहरुका बीचमा भएको र मंगलबार बेलुकीसम्म यस विषयमा टुंग्गो लगाउने तयारी भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । त्यसका लागि कांग्रेस एमाले, एमाले नेकपा, नेकपा कांग्रेस, कांग्रेस जसपा, जसपा एमालेका बीचमा छलफल भएको छ । 

    दलहरुका बीचमा सिट बााडफाँडका बारेमा पनि मोटामोटी समझदारी भईसकेको ती नेताले बताए । उनका अनुसार, कांग्रेसलाई हरेक प्रदेशबाट एक एक जना हुने गरी ७ सिट, एमालेलाई ६ सिट, नेपाली कम्युनिष्ट पार्टीलाई ४ सिट र जसपालाई १ सिछ दिने गररुी भागवन्डाको खाका बनाईएको छ । 

    त्यसलाई अब मंगलबार बेलुकीसम्म बसेर चार वटै पार्टीले अन्तिम समझदारी गर्ने तयारी भएको छ । राष्ट्रियसभामा १८ सिटका लागि चुनाव हुन लागेको हो । १ सिटमा भने सरकारको सिफारिसमा राष्टपतिले मनोनित गर्ने छन् । 

    रिक्त हुन लागेकामा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।

    यो भागवन्डामा सहमति भएमा चारै दलका उम्मेदवारहरु राष्ट्रिय सभामा निर्वाचित हुनेछन् । यो भागवन्डा छलफलका लागि सोमबार पनि एमाले अध्यक्ष केपी ओली र कांग्रेसका कार्यवाहक सभापति पूर्णवहादुर खड्का र नेता रमेश लेखकका बीचमा छलफल भएको थियो । ओलीको गुन्डुस्थित निवासमा भएको छलफलका आधारमा चार दलका बीचमै समझदारी बनाएर जाने र त्यसको भागवन्डाका बारेमा पनि समझदारी बनेको बताइएको छ । 

    त्यसपछि यो समझदारी कांग्रेस कार्यवाहक सभापति पूर्णवहादुर खड्काले कांग्रेसको कार्यसम्पादन समिति बैठकमा पनि राखेको नेताहरुको भनाई छ । प्रचण्ड दिल्लीमा छन् ।उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ । दिल्ली जानु अगाडी एमाले अध्यक्ष केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डका बीचमा पनि छलफल भएको थियो ।  कांग्रेस र एमाले दुवै पार्टीले भोलि मंगलबार पार्टीको बैठक बोलाएका छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend