एमालेले बोलायो सचिवालय बैठक, चुनाव र पार्टी केन्द्रीय समिति बैठक तयारीमा छलफल गर्ने

एमालेले बोलायो सचिवालय बैठक, चुनाव र पार्टी केन्द्रीय समिति बैठक तयारीमा छलफल गर्ने

images
सोमवार, पौष २१ २०८२
  • काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी चुनाव र पार्टीको केन्द्रीय समिति बैठकको तयारी गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक भोलि मंगलबार विहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बोलाइएको सचिव भानुभक्त ढकालले जानकारी दिए ।

    एमालेको सचिवालयमा पार्टीका पदाधिकारी रहने ब्यवस्था छ । 

    सचिव ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।  राष्ट्रियसभाको रिक्त १८ पदको चुनाव माघ ११ गते हुँदैछ भने उम्मेदवारी दर्ता बुधबार गर्ने तालिका छ । त्यस्तै प्रतिनिधिसभा चुनाव फागुन ११ मा हुादैछ भने प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता माघ ६ गते र समानुपातिक तर्फको बन्दसूची सच्याउने समय पुस २७ गतेसम्मलाई दिइएको छ । 

    त्यस्तै, यही पुस २७ देखि २९ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । यी सवै विषयमा तयारी गर्न एमालेले सचिवालय बैठक बोलाएको हो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend