काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ ।
गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो।
“भदौ २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न असोज १२ गतेको बैठकबाट निर्णय गरिएको थियो”, आयोगले भनेको छ, “ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिएको छ।”
आयोगको टोलीले बयान लिने क्रममा आइतबार गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा पुगेको थियो । आयोगको टोलीलाई अध्यक्ष ओलीले लिखित वक्तव्य बुझाएका थिए।
.jpg)
