काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।
.jpg)
