रुसी सेनामा भर्ती भएका बैतडीका थप एक युवकको मृत्यु

रुसी सेनामा भर्ती भएका बैतडीका थप एक युवकको मृत्यु

images
शनिवार, पौष १९ २०८२
  • बैतडी । रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न थप एक जना नेपालीको मृत्यु भएको छ । बैतडी जिल्लाको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । 

    उनी करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका थिए । भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट मृत्यु भएको पुष्टि भएको हो । मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले मनोजको मृत्यु भएको जानकारी डिएनए परिक्षणबाट भएर आएको जानकारी दिए ।  यधपी उनले भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभएको र हालै मृत्यु भएको खबर परिवारलाई दिइएको  जानकारी दिए । 


    मृतक भाटको घरमा आमा–बुबा, भाइ र श्रीमती छन् । भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो । सोही समयदेखि भाटको खोजी भइरहेको थियो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend