बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

images
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौँ । नेपाली सेनामा उपरथी दर्जामा बढुवा भएका तीन जना सहायकरथीहरलाई दज्र्यानी चिन्ह्र प्रदान गरिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई उपरथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 


    सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार आयोजित कार्यक्रममा तीनै जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका एक महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend