हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हेलिकप्टर चढेर बनभोज खान सिराहा पुगेका छन् । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोज खान उनी आज दिउँसो हेलिकप्टर चढेर सिराहा पुगेका हुन् ।
मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट सिरहा गएका थिए । बानियाँका स्वकीय सचिव मिलन पुडासैनीले मुख्यमन्त्री बानियाँ आफ्नो व्यक्तिगत खर्चमा हेलिकप्टर चढेर सिरहा गएको दाबी गरेका छन् ।
.jpg)
