ओलीलाई बयानमा बाेलाउँदै जाँचबुझ आयोग, पत्र काट्ने तयारी

ओलीलाई बयानमा बाेलाउँदै जाँचबुझ आयोग, पत्र काट्ने तयारी

images
बिहिवार, पौष १७ २०८२
  • काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालिन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरिएकाे बताएका छन् ।

    बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग गर्दै अध्यक्ष कार्कीले तत्कालीन गृहमन्त्री रहेका रमेश लेखकको बयान सकिइएकाे र अब ओलीलाई बयानमा बाेलाउन पत्र काट्न लागिएकाे जानकारी दिए । 'उहाँलाई बोलाउने क्रममा छौं हामी, चिठी काट्दैछौं अब,' उनले भने । 

    अध्यक्ष ओली बयानमा नआउने विषयबारे सञ्चारकर्मीहरूले सोधेकाे प्रश्नमा कार्कीले भने, 'त्यो कुरा त्यति बेलानै थाहा हुन्छ।'

    गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट गठित तीन सदस्यीय आयोगको कार्यकाल आगामी माघ ५ गतेसम्मका लागि थप गरिएको छ । अब ताेकिएकाे समय सीमाभित्र प्रतिवेदन बुझाउने गरी आफूहरूले काम गरिरहेको अध्यक्ष कार्कीले बताए ।  

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend